सानोपाईलाका प्रमुख झाले करोडौेंको भ्रष्टाचार गरेको व्यवस्थापक पाण्डेको आरोप

19

संतोष रन्जितकार
वीरगंज, २१ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं.२ छपकैया स्थित सानोपाईलामा ठूलो भ्रष्टाचार भएको सानो पाईलाका पुर्व बजार व्यवस्थापक अजितम पाण्डेले आरोप लगाउनु भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी पाण्डेले सो आरोप लगाउनु भएको हो ।
भवन निर्माण गर्ने क्रममा १४ लाखको भवन निर्माण भएको रसीदहरु आफुसंग रहंदा रहंदै पनि बिना रसीद कै लेखापरीक्षण भएको पाण्डेको आरोप रहेको थियो । सानो पाईला संस्थाको प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले कार्यालय भित्र तानाशाही चलाउँदै आईरहेको र सोको विरोध गर्दा झुठो मुद्दामा फसाउने जस्ता कार्य गर्ने भएकोले सोको बिरोधमा कोहि पनि बोल्न डराउने भएको पाण्डेले पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

सानो पाईलाका अजितम पाण्डेको उजुरीको आधारमा मंसीर ४ गते कञ्चन झाको विरोधमा मुद्दा दर्ता र ५ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट पक्राउ पुर्जी जारि भएको थियो । पक्राउ पुर्जी जारी भएको १३ दिन बितिसक्दा पनि पर्सा प्रहरीले झालाई पक्राउ गर्न चासो न देखाएको र मंसीर १८ गते अदालतबाट निषेधाज्ञा जारि गराई मंसीर २७ गते सम्मको लागि प्रहरीले पक्राउ गर्न नपाउने आदेश गराएकोमा प्रहरी माथि नै शंका भएको पाण्डेले बताए ।
सानो पाईला नामक गैर सरकारी संस्था वीरगंजका प्रमुख कार्यकारी अधिकृत कन्चन झा र लेखापाल दिपेश सरार्फले करोडौं रकम हिनामिना गरेको पत्रकार सम्मेलनमा पाण्डेले जानकारी दिएका थिए । बिहीबार १२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा झा र सरार्फ विरुद्ध भ्रष्टाचारको उजुरी परेपछि यो तथ्य सार्वजनिक भएको हो ।
कार्यकारी अधिकृत झाले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम स्थित वडा नम्बर १ रामानन्द चौकमा रहेको सानो पाइला लागू औषध पुनःस्थापना केन्द्रको भवन निर्माणमा १४ लाख ५० हजार खर्च भएको भए पनि झाले ४८ लाखको बिल भौचर पेशगरी लाखौ रकम हिनामिना गरेको बुझिएको छ । संस्थामा हरेक बर्ष बिदेशबाट रु २० लाख रकम आउने गरेकोमा यो वर्ष देखि झन बढि रकम आएका सो रकममा समेत हिनामिना भएको उजुरीमा उल्लेख गरिएको छ ।
त्यसैगरी २०७२ सालमा भुकम्पमा परेका पिडितहरुका लागि आएको जस्तापाता र त्रिपाल वितरण गर्दा आफ्नो हातले बिल भौचर बनाएर लाखौं रकम हिनामिना गरेको पाण्डेले बताएका छन ।
संस्थाको नियम अनुसार हरेक ३ वर्ष भित्र अधिवेशन गर्नु पर्ने भएपनि बिगत ६ वर्ष देखि अधिवेशन नगरी एकलौटी ढ·बाट संस्था सन्चालनमा रहेको छ । संस्थाको विरुद्धमा बोल्ने कर्मचारीहरुलाई कार्यकारी झाले हटाउने गरेको र अहिले सम्म बिक्रान्त नेपाल, अजित राई, शैलेन्द्र त्रिपाठी, अजितम पाण्डे, साधुराम खडगी, दिपेश सिंह ठकुरी, अजित बोस, दिपराज वर्मा, सरफुला अंसारी लगायत एक दर्जन भन्दा बढि कर्मचारीलाई तानाशाहीले हटाएको पाण्डेले प्रष्ट पारेका थिए ।
यसैगरी संस्थाका कार्यकारी झाले लाखौं रकम हिनामिना गरेपछि अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा समेत कारवाहीको लागि उजुरी परेको पाण्डेले बताए । संस्थाको पैसा व्यक्तिगत प्रयोजनको लागी व्याजमा वीरगंज वडा न. ४ निवासी भुपेन्द्र पौडेलको छोरी नेहा पौडेललाई २०६९/११/२१ गते २,५०,०००।– ८% का दरले ब्याजमा लगाएको र आफ्नो व्यक्तगत प्रयोजन कै लागी महिनाको लाखौं रकम खर्च गर्दै आईरहेको समेत पाण्डेले जानकारी गराएका थिए ।