पोखरियाको समग्र विकाका लागि संघिय मन्त्रीहरुसंग छलफल

13

वीरगंज, २३ मंसिर ।
पोखरिया नगरपालिकाको समग्र विकासको लागि काठमाण्डौ गएको टोलीले सोमबार स्वास्थ, संघिय मामिला, समान्य प्रशासन, संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगी मन्त्रीहरुसंग छलफल गरेको छ । पोखरिया अस्पताललाई जिल्ला स्तरिय अस्पताल बनाउने तथा चिकित्सक उपलब्ध गराउने विषयमा टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालसंग छलफल गरेको हो । पोखरिया अस्पतालका लागि आवश्यक साधन, चिकित्सक उपलब्ध गराउने तथा अस्पतालको स्तरोन्नतीको लागि प्रदेश सरकारमा पहल गर्नुपर्ने सुझाव समेत मन्त्री ढकालले दिनु भएको थियो ।
यसैगरी पोखरियाका नगरप्रमुख दिपनरायण रौनियारले संघिय मामिला तथा समान्य प्रशासन सम्बन्धी कर्मचारी समस्या, तराई मधेश समृद्धी विकास योजनाका सम्बन्धमा संघिय मामिला तथा समान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीलाई अवगत गराउनु भएको थियो । मन्त्री त्रिपाठीले पोखरिया नगरपालिकामा अविलम्ब कार्यकारी अधिकृत तथा एक जना इन्जिनियर पठाउने र पोखरियामा तराइ मधेश समृद्धी योजना अन्तर्गत आउदो आर्थिक वर्षमा योजना पढाउने समेत बताउनु भएको थियो ।
त्यसैगरि पोखरियाको समृद्धीको लागि राजधानी पुगेको टोलीले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई भेटेर पोखरिया शिवमन्दीर, तथा नगरपालिकामा रमणीय पोखरी निर्माणको लागि तयार भएको डिपीआरबारे अवगत गराइएको थिए । मन्त्री भट्टराईले मांगनिवेदन सहित डिपिआर दर्ता गराई एक साता पछि यसबारे आवश्यक निर्णय गरिने बताउनु भयो । पोखरियाबाट राजधानीपुगेको टोलीमा पूर्व सांसद, संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रधुमन चौहान, बिचारी यादव, प्रदेश सांसद प्रहलादगिरी, पोखरिया नगर उपप्रमुख सलमा खातुन, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, वडा अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । टोलीले मंगलबार गृह, भुमी सुधार, तथा अर्थ मन्त्रालयमा मन्त्रीहरुसंग छलफल गर्ने जनाइएको छ ।