वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि २ दिने तालिम

9

संतोष रन्जितकार
वीरगंज, २३ मंसिर ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिम सोमबार देखी सुरु भएको छ । मंसिर २३ र २४ गते दुई दिन हुने तालिममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको अध्यक्षता तथा निम्न सरोकारवाला प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।
त्यसैगरि वडामा उपभोक्ता हितको लागी काम गर्नको लागी वडा नं. १४ का वडाअध्यक्ष भरत प्रसाद कुर्मीको अध्यक्षतामा ७ सदस्यीय समिति समेत गठन गरि वडामा उपझोक्ता हितको लागी जनचेतना कार्यत्रम, उपभोक्ता ठगी गर्ने व्यापारीहरुमाथि कानुनी कारवाही गर्ने, र अनुगमन समेत गर्ने अधिकार दिने प्रमुख झाले जानकारी दिनु भएको थियो ।
त्यसैगरि खाद्य स्वच्छता सम्बन्धि ५ सन्देशको बारेमा प्रमुख झाले प्रशिक्षण दिनु भएको थियो । सुरक्षित खानाको लागी सरसफाइ राख्ने, सुरक्षित पानी र खाद्यबस्तु मात्र प्रयोग गर्ने, खाने कुराहरु राम्ररी पकाउने, पकाएको र नपकाएको खाद्य बस्तुहरुलाई छुट्टाछुट्टै राख्ने र खानालाई सुरक्षित तापक्रममा राखी संरक्षण गर्ने जस्ता कुराहरुमा ध्यान दिनु पर्ने बताएका थिए । तालिममा वडा नं. १४ का वडा सदस्य राजन देवी राम, रफिक अंसारी, वडा सचिव गोपिचन्द साह कानु, सहायक सचिव सन्ध्या कुमारी मिश्र, वीरगंज स्वास्थ्य चौकीका रन्जना चौधरी र सन्चारकर्मी अजित भुजेलको सहभागिता रहेको थियो ।