वीरगंज विकास युवा संघर्ष समितिद्वारा सडक विस्तारमा भएको षडयन्त्र प्रति र्‍याली तथा प्रदर्शन

13

संतोष रन्जितकार
वीरगंज २३ मंसिर ।
वीरगंज बिकास युवा संर्घष समितीले सोमबार वीरगंजमा प्रदर्शन गरेको छ । सडक बिस्तारमा षडयन्त्र भएको भन्दै समितीले आज पुनः वीरगंजमा प्रदर्शन गरेको हो । समितीका अध्यक्ष अकलेश साहको नेतृत्वमा वीरगंज घण्टाघरबाट शुरु भएको र्‍याली वीरगंज महानगरपालिकाको कार्यलयमा पुगी धर्नामा परिणत भएको थियो ।
प्रदर्शनको क्रममा वीरगंज महानगरपालिकाको मुख्य गेटमा केहिबेर तनाव समेत भएको थियो । समितीले गरेको प्रर्दशन बिरुद्ध गाली गलौज गर्ने वीरगंज बचाउ संर्घष समितीका एकजनालाई प्रहरी नियन्त्रण लिएको छ ।
प्रदर्शनकारीहरुलाई वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय सरावगीले समय नदिएकोमा थप आक्रोशित बन्दै प्रदर्शनकारीहरुले मेयर बिरुद्ध चर्को नाराबाजी गर्दै राजिनामाको समेत माँग गरेका थिए ।
वीरगंजको मुख्य सडक २५/२५ मिटर नतोड्न सर्वोच्च अदालत ५ पटक म्याद थपेकोमा त्यसभित्र ठुलो आर्थिक चलखेल भएको संर्घष समितीको आरोप रहेको छ । प्रदर्शनमा संर्घष समितीका महमुद अंसारी, रंजित चौरसिया, बिवेक साह, संदिप साह, रोमी साह, मुना मियाँ तेली, राकेश पटेल, सदाम हुसेन, दिपेन्द्र साह, शुभनारायण ठाकुर लगायतको सहभागिता रहेको थियो ।