छिपहरमाई गाउँपालिकाका वडाअध्यक्षद्वारा विवाह दर्ता गराउन आएका युवकमाथि प्रहरी लगाई कुटपिट

2

संतोष रन्जितकार
वीरगंज, २४ मंसिर ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नं. ३ मा स्थानीय युवक र वडाअध्यक्ष बीच भनाभन भएपछि वडाअध्यक्षले गाउँपालिकाको प्रहरी बोलाएर कुटपिट गराएको छ । मंगलबार बिहान १०ः३० बजेको समयमा विवाह दर्ता गराउन गएका दुई युवक बृजेश मुखिया बिन र अनिशकुमार साह तथा वडा नं. ३ का वडाअध्यक्ष बिनोद साहबीच भनाभन भएको हो ।
विवाह दर्ता फारममा वडाअध्यक्षको सहीछाप गर्न कार्यालयको कर्मचारीसंग भन्दा कर्मचारीले वडाअध्यक्ष आफ्नो कार्यकक्षमा गोप्य मिटि·मा हुनुहुन्छ एकछिन पर्खिनुस् मिटि· सकेर उहाँ आइ सहीछाप गर्नुहुन्छ भनेर घण्टौसमम एउटै कुरा भनेका थिए ।
युवकहरुले वडाअध्यक्ष कार्यालयमा रहेर यस्तो काम गर्न किन लापरवाही गरेको भनेर प्रश्न गर्दा समेत कर्मचारीले त्यही जवाफ दिएपछि उनीहरु आक्रोश तथा आवेशमा आएर वडाअध्यक्षको कार्यकक्षमा पसेका थिए । उनीहरु वडाअध्यक्षको कार्यकक्षमा पस्दा वडाअध्यक्ष साह र वडाअध्यक्षको सहायक सिमा देवी बीच कुराकानी भइरहेको देख्दा उनीहरुले तपाई यस्तो जिम्मेवार व्यक्ति भएर कार्यालयको कामकाज छोडेर जनतालाई अनावश्यक दुःख दिने काम गर्नुहुन्छ भनेर ती दुई युवकहरुले भन्दा, वडाअध्यक्षले कसैको कार्यकक्षमा अनुमति बिना प्रवेश गर्नु सरासर गलत हो भनी झपारेपछि दुवै पक्षबीच भनाभन भएको थियो । त्यसैक्रममा वडाअध्यक्षले गाउँपालिकाको प्रहरी बोलाई दुवै युवकलाई कुटपिट गराएका थिए ।
सोही क्रममा वडा कार्यालयमा उपस्थित रहेका स्थानीय जनताहरुले ती दुवै युवकलाई प्रहरी कुटपिटबाट छुट्टाएका थिए । स्थानीयहरुले वडाअध्यक्षको कार्यप्रति आक्रोशमा आएर उक्त प्रहरीलाई हप्की–दप्की लगाएका थिए ।
सोही क्रममा वडाअध्यक्ष साहले स्थानीयहरुले गाउँपालिकाको प्रहरीलाई हप्की–दप्की लगाएपछि तथा स्थिती तनाव भएपछि पोखरीया इलाका प्रहरी कार्यालयमा खबर गरे बोलाएका थिए । पोखरीया इलाका प्रहरी घटनास्थलमा आएर अनुसन्धानको लागि ति दुवै युवकलाई आफ्नो नियन्त्रणमा लिएर पुनः पोखरीया इलाका प्रहरी कार्यालय फर्केका स्थानीय बिरेन्द्र राउत कुर्मीले अंकुश दैनिकलाई जानकारी गराएका थिए ।