प्राज्ञिक विद्यार्थी फरिषदद्वारा रक्तदान कार्यत्रमको आयोजना

27

संतोष रन्जितकार
वीरगञ्ज, २४ मंसिर ।
प्राज्ञिक विद्यार्थी परिषद् नेफाल वीरगञ्ज नगर इकाई समितिको आयोजनामा मंगलबार रक्तदान कार्यत्रम सम्पन्न भएको छ ।
प्राज्ञिक विद्यार्थी फरिषद्को रजत जयन्तीको अवसरमा घण्टाघरमा आयोजित कार्यक्रममा २ महिला सहित २५ जनाले रत्तदान गरेका रक्तसन्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुश्वाहले जानकारी दिनुभयो ।
गुरु नानक सेवा प्रतिष्ठानको सहयोगमा भएको कार्यक्रममा सुशिल कुमार साह, अर्पणा चौरसिया, रानी गुप्ता, सुर्य शुभचिन्तक, निकेश यादव, सुनिल सर्राफ लगायतले रक्तदान गरेका थिए ।
प्राज्ञिक विद्यार्थी परिषदकी कार्यक्रम संयोजक उमा मिश्राको सभापतित्वमा भएको कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवम् बरिष्ठ पत्रकार जगदिश शर्मा, जसपाल सिँह, नेपाल रेडक्रस सोसाइटी उपसभापति मधु राणा, प्राज्ञिक विद्यार्थी परिषदका प्रदेश न. २ का सचिव घनश्याम नायक, परिषदका नगरसचिव राजाबाबु यादव लगायतको उपस्थिती रहेको थियो । रजत जयन्तीको अवसरमा आज साँझ घण्टाघरमा दिप प्रज्वलित कार्यक्रमको समेत आयोजना गरेको थियो ।