लैङगिक हिंसा र साइबर अपराध सम्बन्धी प्रशिक्षण

42

संतोष रन्जितकार
वीरगंज, २४ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया–२ पर्साको आयोजनामा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १ स्थित रहेको श्री पण्डित रामदेनी तिवारी आधारभुत विधालय बजार छपकैयामा “लैङगिक हिंसा विरूद्धको १६ दिने कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष श्री ग्यासुदिन ठकुराईको अध्यक्षतामा वडा नं. १ का वडा अध्यक्ष श्री मनोज कुमार गुप्ताको प्रमुख आतिथ्य र वडा प्रहरी कार्यालय विर्ताका कार्यालय प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरूको प्रमुख प्रशिक्षणमा लैङगिक हिंसा र साईबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा बिधालयका प्रधानाध्यापक चन्देश कुमार चौहान, व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार पाण्डे, प्रहरी नायब निरीक्षक रबिन्द्र साह तुरहा, शिक्षक भोला साह, सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारी सिंह, विधालयका शिक्षक, शिक्षिका, वि.व्य.स. राईजि· वीरगंज नेपाल लगायतको उपस्थिती रहेको थियो ।