वडा स्तरीय खाद्य स्वच्छता अनुगमन टोली गठन

16

संतोष रन्जितकार
वीरगंज, २४ मंसिर ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा न.१४ मा अवस्थित जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सभाहलमा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह गठन तथा परिचालन सम्बन्धि दुई दिने तालिमको मंगलवार सम्पन्न भएको छ । सो तालिम खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजका कार्यालय प्रमुख रत्नकान्त झाको अध्यक्षतामा सम्पन्न भएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंज पर्साद्वारा २३ र २४ गते सम्म वीरगंज महानगरपालिका वडा नं. १४ मा संचालित वडा स्तरीय खाद्य स्वच्छता समुह समेत गठन भएको छ । वडा न.१४ मा संचालनमा रहेको होटेल, खाद्य उद्योग, किराना पसल अनुगमन निरीक्षण गर्न वडा न. १४ का वडा अध्यक्ष भरत राउत कुर्मीको अध्यक्षतामा ९ सदस्यीय टोली गठन भएको थियो । गठन भएको टोलीको सदस्यहरुमा सन्जय प्रसाद पटेल, रफिक अन्सारी, लाल बहादुर प्रसाद, देवकरण प्रसाद, पुरुषोतम पौडेल, बिजय साह र श्रवण कुमार साह रहेका छन् ।