वीरगन्ज महानगरपालिकाका सबै वडाहरुमा योग शिविर चलाउने ः मेयर सरावगी

7

वीरगन्ज, २४ मंसिर ।
वीरगन्जको बिर्तामा महानगर स्तरिय योग विद्यालयको उदघाटन सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले उक्त विद्यालयको उदघाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले महानगरबासिलाई निरोग बनाउन वीरगन्ज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गर्नुभएको थियो ।
उहाँले योग गुरु स्वामी रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योगदिवस मनाईरहेको र अब हामीले पनि मनाउनु पर्ने बताउनु भयो । उहाले महानगरपालिकाको सहयोग र पंतजली योग समिति पर्साको सहकार्यमा स्थापना भएको यो बिद्यालयलाई अझ व्यवस्थित गर्न आफुबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पतंजली योग समिति पर्साका जिल्ला अध्यक्ष नसिबलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरापलिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, उधोगपति अशोक टेमानी, योगगुरु भिम प्रसाद शर्राफ र पतंजली योग समिति प्रदेश नम्बर २ का महासचिव किशोरी प्रसाद कलवार लगायतका व्यक्तिहरुले महानगपालिका र पंतजलि योग समिती पर्साको सहकार्यमा महानगरपालिकाको सबै वडाहरुमा क्रमश योग शिविर संचालन गर्ने कुरामा जोड दिएका थिए ।