रेडियो वीरगंजको १७ औं बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरिने

रेडियो पोखरीया र टिभी वीरगंजको प्रसारणको तयारी अन्तिम चरणमा ः अध्यक्ष साह

16

संतोष रन्जितकार
बीरगंज २५ मंसिर ।
मध्य तराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको १७ वर्ष पुरा गरी गौरवमय रुपमा १८ औँ बर्षमा प्रवेश गरेको अवसरमा १७ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
सामाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्‍याउदै आएको रेडियो वीरगंजले १८ औ वार्षिकोत्सवको अवसरमा आंउदो मंसिर २८ गते शनिबार रेडियो फरिसरमा खुल्ला रक्तदान कार्यत्रम आयोजना गर्ने बुधबार रेडियो परिसरमा आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले बताउनु भयो ।
पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो वीरगंजले गौरवमय रुपमा १७ औ वार्षिकोत्सव मनाउदै गर्दा स्रोता र विज्ञापनदाताहरुको अपार स्नेहका कारण अहिले २ हजार वाटमा क्षमता वृद्धि गरी रेडियोको प्रसारणलाई स्रोता माझ पुर्‍याएको बताउनु भयो । उहाँले यसवर्ष रेडियो टावरलाई आधुनिकिकरण गरी ४० मिटर थप अग्लो बनाई प्रसारण क्षमतामा तराई कै पहिलो रेडियो बन्ने जमर्को गरेको दावी गर्नु भयो ।
हाल रेडियो बीरगंज मध्यतराई मै पहिलो पटक चौबिसै घण्टा प्रशारण हुने एक मात्र रेडियो रहेको र अहिले १७ औ वार्षिकोत्सव मनाई रहंदा रेडियो वीरगंजको भातृ संस्थाको रुपमा रेडियो पोखरिया १०५.८ मेगाहर्जका साथै टेलिभिजनको दुनियामा श्रोतालाई अब दर्शकको रुपमा समेत समेटने प्रयास स्वरुप टिभी वीरगन्ज प्रशारणको तयारीमा रहेको साहले बताउनु भयो ।
उहाँले रेडियो पोखरीयाले मंसिर २७ गतेबाट प्रशारण प्रारम्भ गर्ने तथा टिभी विरगंजको समेत प्राविधिक तथा निर्माण कार्य अन्तिम चरणमा पुगि सकेको हुँदा जति सक्दो छिटो प्रशारण गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडियो वीरगंजका तत्कालिन संस्थापक सदस्य समेत रहनु भएका चौहानले रेडियो वीरगंज विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको अवस्थामा आईपुग्नु आफैमा गौरवमय भएको बताउनु भयो । उहाँले सञ्चार जगतमा रेडियो वीरगंजले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै यसको विकास र विस्तारको लागि पत्रकार महासंघको सहयोग सदैव रहने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शत्रुघन नेपाल, समाजवादी पत्रकार संघका केन्द्रिय सदस्य अनिल तिवारी, प्रेस संगठनको केन्द्रिय सदस्य वृजलाल पासवान, प्रेस युनियनका जिल्ला उपाध्यक्ष बिजय चौहान, रितेश त्रिपाठी, विजय भण्डारी, श्रीराम रायमाझी, जगत राई लगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।