नापी कार्यालयमा आउने सेवाग्राहीहरुको सवारीको चापले स्थानीयहरु आक्रोशित

12

संतोष रन्जितकार
वीरगंज, २५ मंसिर ।
पर्सा वीरगंज नापी कार्यालयको शाखामा बुधबार बिर्ता वडा नं. ४ का टोलबासीहरुले विरोध गरेका छन् । नापी शाखाको कार्यालयमा आउने सेवाग्राहीहरुले आफ्नो सवारी साधनको अनावश्यक रुपमा घरको छेउछाउमा जथाभावी पार्कि· गर्ने गरेकोले टोलबासी, नजिकको स्कुले विद्यार्थीहरुलाई आवत–जावत गर्न समेत कठिनाई हुने गरेको छ । वीरगंज महानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानुको अगुवाईमा टोलबासीहरु वीरगंज नापी शाखा कार्यालयका प्रमुख रामबिनय कुमार सिंहको कार्यकक्षमा पुगी वडाअध्यक्षले तपाईको कार्यालयले हामी टोलबासीलाई कुनै अप्ठ्यारो नपारेको तर कार्यालयमा आउने सेवाग्राहीले आफ्नो सवारी साधन जथाभावी पार्कि· गर्ने गरेको कारणले गर्दा टोलबासीहरुलाई निकै समस्या उत्पन्न भई उनीहरु आक्रोशमा आएका हुन् ।
सोही क्रममा टोलबासीहरुले वडा नं. ४ बिर्ताको श्याम पटेलको घरमा नापी कार्यालय रहंदा पनि उस्तै समस्या रहेको र पटक–पटक टोलबासीले कार्यालय प्रमुखलाई कार्यालयको कारणले घर छेउछाउ जथाभावी पार्कि· हुंदै आएको सवारीलाई कार्यालयले व्यवस्थित गर्नुपर्ने सुझाव दिएका थिए तर कार्यालय प्रमुखबाट सो विषयमा कुनै सुनुवाई नभई श्याम पटेलको घरबाट कार्यालय खाली गरी १०० मिटरको दुरी फरकमा सार्ने कुराको हल्ला सुनेपछि टोलबासीले महिनौ अगाडी देखि कार्यालय प्रमुखलाई तपाई यो ठाउँबाट अन्यत्र सार्नुस भन्दा कार्यालय सोही वडा तथा कार्यालय भएको स्थानदेखि १०० मिटर फरकमा बुधबार सारेपछि पुनः टोलबासीहरुले विरोध गरेका हुन् । कार्यालयमा वडा अध्यक्ष लगायत टोलबासीको सहभागितामा छलफल हुंदा आइतबार भित्र पार्कि· व्यवस्था कार्यालयले नगरेको खण्डमा टोलबासीले सो नापी कार्यालयको गेटमा तालाबन्दी गरी धर्ना दिने समेत चेतावनी दिएका थिए ।