निर्माण व्यवसायी संघको साधारण सभा र अधिवेशन सम्बन्धी बैठक सम्पन्न

29

संतोष रन्जितकार
वीरगंज, २६ मंसिर ।
पर्सा निर्माण व्यवसायी संघका प्रथम उपाध्यक्ष दिवाकर पटेल नेतृत्वले आगमी मंसिर २९ र ३० गते पर्सामा जिल्लामा ११ अधिवेशन र १६ औं सधारण सभा गर्ने निर्णय गरेको छ । रमाकान्त चौरसिया समुहबाट असन्तुष्ट पक्षले निर्माण व्यवसायी संघको सभाहलमा भेला बस्दै यस्तो निर्णय गरेको हो । संघले अनियमित किसिमले सदस्यता वितरण, वर्तमान अध्यक्ष तथा सचिवले संघर्षको अनुदान रकममा भ्रष्टाचारी गरेको, संघ नविकरण नगरको, संघको लेखा परिक्षण बाकी रहेको जस्ता कारणले ३१४ सदस्यीय संघका बहुमत सदस्यले वर्तमान अध्यक्ष नेतृत्वबाट असन्तुष्ट बनेर छुटै भेला बसी संघको अगामी गतिविधि तय गरेको प्रथम उपाध्यक्ष दिवाकर पटेलले बताए ।
यसअघि,रमाकान्त चौरसिया समुहको निर्माण व्यवसायीहरुले समुहले बुधवार बैठक बसी मंसिर २७ र २८ गते जिल्लाको १६ सधारण सभा र ११ आधिवेशन गर्ने निर्णय गरेको थियो । वर्तमान रमाकान्त चौरसिया अध्यक्ष रहेको कार्य समितिले संघको विधान विपरित कार्य रहेको भन्दै छुटिएर संघ चलाउने र साधारण सभा तथा अधिवेशन गर्न बहुमत सदस्यको सहभागिता पनि भेला गरेर देखाउने दाबी समेत प्रथम उपाध्यक्ष दिवाकर पटेलले गरेका छन् ।
दिवाकर पटेलको भेलामा वर्तमान कार्य समितिका निवर्तमान अध्यक्ष मोहनप्रसाद यादव, द्वितिय उपाध्यक्ष हीरालाल कुर्मी, कोषाध्क्ष उमेश क्षेत्री, सह कोषाध्यष महताब अहमद, सदस्यहरुमा राजु पटेल, सूर्य कोइराला, धुरेन्द्र कुर्मी, प्रेमनारायण सर्राफ, फिरोज खान, राजकिशोर कुर्मी, लालबाबु राउत कुर्मी, प्रदिप कुमार साह, साबिर अन्सारी, रमेश पाण्डे र ध्रुबकुमार कुर्मी लगायतको उपस्थिति रहेको थियो । शुक्रवार क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरमा साधारण सभा र अधिवेशनको तयारीको विषयमा दिवाकर पटेलको नेतृत्वको समुहले निर्माण व्यवसायीहरुको भेला बोलाएको छ ।