लागुऔषध चरेस बरामद

4

संतोष रन्जितकार
वीरगंज, २६ मंसिर ।
मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा ११ किलो लागुऔषध चरेश सशस्त्र प्रहरीले विहिबार बरामद गरेको छ । जगरनाथपुर गाउपालिका १ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरको टोलीले सो चरेश बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगन्जका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुंवरका अनुसार, सशस्त्र प्रहरी निरीक्षक निरन्जन नायजुको नेतृत्वको गस्ती टोलीलाई देखेर बिआर २२ जेड ३१२९ भारतीय नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए ।
प्रहरी टोलीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेको मोटरसाइकलको चेकजाँच गर्दा सिट मुनि चरेश लुकाएर राखेको अवस्थामा फेला परेको थियो ।