श्रीसिया बासीद्वारा मुआब्जाको पुनः मूल्यांकनको माग गर्दै प्रजिअ बस्नेतलाई ज्ञापन

0

संतोष रन्जितकार
वीरगन्ज, मंसिर २५ ।
पर्सा श्रीसियाका बासिन्दाले सुक्खा बन्दरगाहमा परेको जग्गाको मुआब्जा पुनः मूल्यांकनको माग गर्दै प्रदर्शन गरेका छन् ।
बुधबार वीरगन्ज महानगरपालिका–२५ खलवाटोला र श्रीसियावासीले प्रदर्शन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले अधिग्रहण गर्न लागिएको ६२ विगाहा जग्गाको मूल्यांकन न्यून भएको भन्दै मुआब्जाको पुनःविचार गर्न अपिल गरेका थिए ।
श्रीसियावासी विगत पाँच दिनदेखि वीरगन्ज–पोखरिया सडकखण्डको ॅड्राइपोर्ट’ चोकमा धर्नासमेत बस्दै आएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पर्साका सभापति अजय द्विवेदी, पार्टीका नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।