सामुदायिक सेवा केन्द्र श्रीपुरद्वारा मल्ल र सिंहको सम्मान तथा बिदाई

35

संतोष रन्जितकार
वीरगंज, २६ मंसिर ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको सरुवा भएकोले सामुदायिक सेवा केन्द्र श्रीपुर, मुर्लीको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा कपडा बैंकले कपडा समेत बितरण गरेको थियो । सामुदायिक सेवा केन्द्रका सचीव दिलिप प्रधानको अध्यक्षतामा र वडा न. ११ का अध्यक्ष प्रधुमन सेढाईको प्रमुख आतिथ्यमा भएको बिदाई कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, सामाजिक अभियन्ता प्रकाश थारु, हिरा गिरी, फोनिज प्रदेश नं.२ का ईन्चार्ज निरज पिठाकोटे मगर, प्रिति सिंह, जाकिर हुसेन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन सामुदायिक प्रहरीका महिला प्रहरी लालुमाया तामाङले गर्नु भएको थियो ।