स्कार्पियो ठक्करबाट पैदल यात्री गम्भीर घाइते

16

सत्येन्द्र प्रताप सिंह
रौतहट, २५ मंसिर ।
रौतहटको गौर–चपुर सडक खण्डको हजमिनिया चोक स्थित स्कार्पियोले ठक्कर दिँदा एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।
मंगलवार साँझ करिब ७ः१५ बजेको समयमा यमुनामाई गाउँपालिका वडा नं. ४ का ५५ वर्षीय किताब मियाँ कवारीले आफ्ना छोरालाई बस चढाउन हजमिनिया चोक देखि ३०० मिटर दक्षिण सरुअठा चोक देखि ५०० मिटर उत्तर विपरित दिसावाट गौर तर्फ जाँदै गरेको सेतो रंगको स्कार्पियोले मियाँलाई पछाडि बाट ठक्कर दिई फरार भएका छन् ।
घाइते मियाँ ठक्करबाट खेतमा छटपटी रहेका बेला स्थानीयहरुले प्रहरीलाई फोन मार्फत जानकारी गराउँदा घटना स्थलमा प्रहरी पुगी उपचारका लागि जिल्ला अस्पतालमा लगेको थियो ।
अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगंज रेफर गरिएको थियो । घाइते मियाँको बायाँ खुट्टा भाँचिएको तथा शरिरको बिभिन्न ठाउँमा चोटपटक लागेकोले हाल घाईते मियाँ आईसियुमा रहेका छन् । गाडीको नम्बर खुल्न नसकेकोपनि प्रहरीको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।