हिजो ध्वंश गरेका थियौं आज निर्माणमा लागेका छौं ः मन्त्री भट्ट

22

वीरगंज, २५ मंसिर ।
हिजोको दिनमा ध्वंश गरेका थियौं आज निर्माणमा लागेका छौं । हामीले अंगालेको निर्माणमा लाग्न निजी क्षेत्रलाई उद्योग वाणिज्य एवं आपुर्ती मन्त्री लेखराज भट्टले आव्हान गर्नु भयो ।
वीरगंज उद्योग वाणिज्य संघद्वारा वीरगंज स्थित होटेल लडर्समा आयोजित सम्मान एवं छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टले वर्तमान दुई तिहाइको सरकारले राजनीतिलाई स्थायित्व दिएको र उच्च मनोवलका प्रधानमन्त्री मुलुकले पाएको भन्दै अरु मृत्युमा आफ्नो जिवन हेर्ने प्रवृत्तिले समस्या समाधान नहुने भन्दै व्यापारीहरु आत्मकेन्द्र भए भन्ने समस्या उत्पन्न हुने बताउनु भयो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्फन्न सो कार्यक्रममा राज्यमन्त्री मोती दुगडले निजी क्षेत्रका एक व्यत्तिलाई सम्मानिय प्रधानमन्त्रीले मौका प्रदान गरेको भन्दै अब समस्या समाधान हुने बताउनु भयो । मन्त्री दुगडले जबसम्म निजी क्षेत्रको समस्या समाधान हुंदैन तबसम्म सुखी नेपाली समृद्ध नेपाल नबन्ने दावी समेत गर्नुभयो ।
सो कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, गणेश लाठ, अशोक टेमानी लगायतले बोल्नु भएको थियो ।