ग्रीन सिटी सामुदायिकद्वारा मल्ल र सिंहको सम्मान तथा बिदाई

7

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्ल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको सरुवा भएकोले सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगर ग्रीन सिटीको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशन डा. दिपक शाक्य, सामाजिक अभियन्ता प्रकाश थारु, संजय शर्मा, सर्फद्दिन मियाँ, शुशिल कादमीया, मुकेश खेतान, कैलाज बजाज, छपकैया सामुदायिकका अध्यक्ष ग्यासुद्दिन मियाँ, दिपक भाटी, पिया सिंह, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण ग्रीन सिटीका मुकेश खेतानले गर्नु भएको थियो ।