नेपाल नर्सिङ्ग संघका उम्मेदवारहरुद्वारा निर्वाचन सम्बन्धी पत्रकार सम्मेलनको आयोजना

45

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर ।
नेपाल नर्सि· संघको १९ औं केन्द्र कार्यसमितिको निर्वाचन सम्बन्धी शुक्रबार नगरसभागृह भवन (टाउनहल) मा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सो सम्मेलन प्रा. मुना राना थापाको अधयक्षतामा सम्पन्न भएको हो ।
सम्मेलनमा नेपाल नर्सि· संघ पेशामा आवद्ध नर्सहरुको हकहितको लागि आवाज उठाउने एक मात्र पेशागत संस्था रहेको अध्यक्ष पदको उम्मेदवार मुना रानाको भनाई रहेको थियो । रानाले सम्पूर्ण नर्सहरुको हकहित र अधिकारको लागि काम गर्ने नेपाल नर्सि· संघले ५८ औं वर्ष पार गरेको व्यहोरा समेत जानकारी गराउनु भएको थियो । यसले नर्स साथीहरुले खोजेजस्तो सेवा सुविधा प्रदान गर्न नसकेको कारणले गर्दा ५८ औं वर्ष पार गरिसक्दा पनि नर्सहरुको समस्यालाई बुझेर जुन गतिमा फड्को मार्नु पर्ने हो सो अनुसार फड्को मार्न नसकेको बताउनु भयो ।
हाल ९० हजार नर्सहरु नेपाल नर्सि· परिषदमा दर्ता रहेपनि नेपाल नर्सि· संघले नर्सहरुले खोजेजस्तो काम गर्न नसकेको कारणले महत्व प्रदान नगर्दा यस १५ हजार १५९ नर्सहरु (१७५) मात्र सदस्यता लिन सफल भएका छन् । यही आउँदो पुष महिनाको ९ गते हुन गइरहेको नेपाल नर्सि· संघको केन्द्रिय कार्यसमिति निर्वाचनमा यस समूहले नर्सि· क्षेत्रमा रहेको पेशागत समस्या र चुनौतीहरुलाई समय अनुसार समाधान गर्ने, पेशालाई उच्च तहमा पुर्‍याउन आम नर्सहरुको वृत्ति विकासको लागि नेतृत्व प्रदान गर्ने, पेशालाई पारदर्शी र अनुशासित बनाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । सो निर्वाचन देशको विभिन्न ठाउँमा गरी २१ स्थानमा भइरहेको संघले जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र चौधरी, पर्सा सभापति अजय द्विवेदी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान, पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, नेवि संघको युवा नेता बद्री तिवारी, समाजसेवी सुस्मा तिवारी द्विवेदी, नर्सि· संघका अध्यक्ष पदको उम्मेदवारको टोलीमा वरिष्ठ उपाध्यक्ष उर्मिला श्रेष्ठ, उपाध्यक्ष बिमला कुमारी साह, महासचिवमा यसोदा बराल, सचिवमा जया मिश्र, कोषाध्यक्षमा कविता आचार्य, खुल्ला सदस्यमा ज्योती राना भाट, सदस्य जनजातीमा भिम कुमारी श्रेष्ठ, सदस्य आदिवासीमा प्रेमा लक्ष्मी खागी, सदस्य दलितमा मोहन कुमारी गैरे, सदस्य मधेशीमा बिना कुमारी यादव, सदस्य मुस्लिममा इजरायल साह, सदस्य अ.न.मी हरुमा सीता भूषाल, मिरा गुरुङ लगायतको सहभागिता रहेको थियो ।