मुनलाईट माविमा निःशुल्क आँखा शिविर सम्पन्न

13

संतोष रन्जितकार
वीरगंज, २७ मंसिर ।
मुनलाईट बोर्डिंग स्कुल र किरण आँखा अस्फतालको सयुंक्त आयोजनामा शुत्रबार मुनलाईट स्कुलको प्रा·णमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

मुनलाईट माविका प्रधानाध्यापक श्याम केसिको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले पर्सा जिल्लालाई मोतियाबिन्दु मुक्त जिल्ला बनाउने अभियान अन्तर्गत अहिले बिभिन्न क्षेत्रमा माट्रिका आई फाउण्डेशनको सहकार्यमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको बताउनुभयो । वहाँले सो शिविरमा फेला परेका मोतियाबिन्दु भएका व्यक्तिहरुको मेयर कल्याण्कारी कोषबाट निःशुल्क रुपमा शल्यक्रिया माट्रीका आई फाउण्डेशनमा गरिने समेत जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सरावगीले विद्यार्थीहरुलाई पनि आँखा जस्तो संवेदनशिल अंगको धेरै हेरचाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रदिप चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निर्मल पनेरु, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, किरण आँखा अस्पतालका डा. अमर क्याल, सामुदायिक केन्द्र कुम्हालटोलको श्रवण राय माझी, सन्जु दाहाल, सन्ध्या भट्ट, सम्झना मल्ल, सामुदायिकका प्रहरी जवान कुमार विक लगायतको उफस्थिती रहेको थियो ।
मुनलाईट माविका शिक्षक एवम् सन्चारकर्मी हेमन्त तामांगले स्वागत मन्तव्य व्यक्त गरेको कार्यत्रमको सहजिकरण सन्चारकर्मी बिबेक कर्णले गर्नुभएको थियो ।