रगतको अभावलाई मध्यनजर गरी खुल्ला रक्तदान कार्यक्रमको आयोजना

9

अमित वर्णवाल
वीरगन्ज, २७ मंसिर ।
गिरिजा प्रसाद कोइराला फाउण्डेशन र वातावरण जिऊने आधार संस्थाको संयुक्तm आयोजनामा शुत्रबार अकास्मिक रक्तदान कार्यत्रम सम्पन्न गरिएको छ । वीरगंजमा बढ्दो बिरामीहरुको चापको कारण रक्त सञ्चार केन्द्र पर्सामा रगतको अभाव भएकोले जीपी फाउण्डेशन र वातावरण जिऊने आधार नामक संस्थाले खुल्ला रगत दान कार्यक्रमको आयोजना गरेको हो ।

सो रत्तदान कार्यक्रममा ४ महिला र ५४ पुरुष गरी कुल ५८ जनाले आफ्नो अमूल्य रगतदान गरेका थिए ।

 

रक्तदान गर्नेहरुमा मोहम्मद नौसाद, वातावरण जिउने आधार संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहान, न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली, कृष्णा पटेल, अर्जुन गुप्ता, एलिशा राय, वातावरण जिउने आधार संस्थाका अध्यक्ष पर्सा शाखा रोहित वर्णवाल, विकास चौहान, दिपु वर्णवाल, मयंक रौनियार, बिन्दु कुमारी, अनुपम नायब, निरु श्रेष्ठ, मोहम्मद अफताब, बाबुनन्द प्रसाद फटेल, शेख समिर लगायतका व्यतिmहरु रहेका थिए ।

सो रक्तदान कार्यत्रम नेपाली कांग्रेसका प्रदेश नं. २ का सभासद ओमप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने विशिष्ठ अतिथिमा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, वीरगज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, अतिथिहरुमा दिगो महिला विकासकी अध्यक्ष सुष्मा तिवारी द्विवेदी, वातावरण जिउने आधार संस्थाका सदस्यहरु, जीपी कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद शहाबुद्दिन लगायत संचारकर्मी, स्थानीय भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।