पानीको विवादको कारण झगडा

4

संतोष रन्जितकार
वीरगंज, २८ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं. १९ बरवाटोल स्थित पानीको विवादले एक आपसमा हानहानको कारणले लालबाबु प्रसाद यादवको टाउकोमा प्रहार गरी सुरज यादवको छोरा विरेन्द्र प्रसाद यादवले र निजका ४–५ जनाको समूहमा रहेको व्यक्तिले विवादको कारण निजका लालबाबु यादवलाई प्रहार गरी टाउको फोडेको कारण निजको लालबाबु यादवको घरदैलोमा विरेन्द्र प्रसाद यादवले पानी बगाए पछि मेरो घरको छेउमा किन पानी बगाएको भनी सोध्दा निज व्यक्तिले विवाद गर्दा कुरा–कुरामा निज लालबाबुको टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् र निज घाइतेलाई उपचारको निम्ति नारायणी अस्पताल लग्दा डाक्टरले उपचार हुन नसकी नेशनल मेडिकल कलेज रेफर गरिदिएको थियो । निजका परिवारले प्रहरीमा जानकारी गराई सकेको भनी स्थानीय श्याम किशोर तिवारीले अंकुश दैनिकलाई जानकारी दिए । प्रहार गर्ने व्यक्तिहरु प्रहरीलाई खबर गरेको थाहा पाएपछि फरार भएका थिए । प्रहरीले उनीहरुको खोजतलास तथा अनुसन्धान जारी राखेको छ ।