रेडियो वीरगंजद्वारा १७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना

25

संतोष रन्जितकार
वीरगंज, २८ मंसिर ।
रेडियो वीरगंज एफएमको १७ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्क्तदान कार्यत्रममा ५३ महिला सहित ३ सय ५५ जनाले रक्तदान गरेका छन् । रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहको अध्यक्षतामा झएको रक्तदान कार्यत्रममा प्रदेश सांसद राजेशवर प्रसाद साह, भिजिट मधेशका संयोजक ओमप्रकाश सरार्फ, नेतृ रेखा साह, तरुण दल बाराका अध्यक्ष लुकेश सिंह, रामजी प्रसाद साह, निरन्जन साह, रामबाबु ठाकुर, मन्तोष यादव, जुबेर आलम, अनिल पटेल पुस्कर कार्की, जाकिर हुसेन, राजेश मिश्रा लगायतकाले रक्तदान गरेका थिए ।

रेडियो परिसरमा झएको रक्तदान कार्यत्रममा प्रदेश २ का भौतिक पुर्वधार तथा यातायात मन्त्री जितेन्द्र सोनल, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका पर्सा सभापति रामनरेश यादव लगायत संचारकर्मी र स्थानीयहरुको ठुलो उपस्थिती रहेको थियो ।