अवैध भन्सार छलीका समान र अटो सहित २ भारतिय पक्राउ

22

बारा, २९ मंसिर ।
जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न सामान सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी दक्षिण झिटकैया बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार जिल्ला बारा देवताल गा.पा.वडा नं.१ स्थित सडकमा चेकजाँच गर्ने क्रममा उक्त सामान सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना दार्पा ग्राम पुरैनिया वडा नं.७ बस्ने वर्ष ३२ को सुरेश साह र सोही ठाउँ बस्ने वर्ष २१ को सन्त कुमार साहलाई भारतबाट भन्सार छली नम्बर उल्लेख नभएको इल् त्भ्क्त् भारतिय अटोमा लुकाई छिपाई अन्दाजी मुल्य रू.२ लाख बराबरको विभिन्न कस्टमेटिक समान, खिलौना, प्लाष्टिकका भाडाकुडा जस्ता सामानहरु फेला पारी बारमद गरेको थियो ।
प्रहरीले सुरेश र सन्तलाई पक्राउ गर्नुको साथै उनीहरुले भन्सार छली ल्याएका सामानहरु र ३ लाख बराबरको अन टेस्ट अटो समेत नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका सुरेश र सन्त लाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पठाईएको प्रहरीले जनाएको छ ।