इन्टर कलेज टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा ग्लोबल कलेज बिजयी

16

संतोष रन्जितकार
वीरगञ्ज, २९ मंसिर ।
वीरगञ्ज युवा च्याम्पस क्लबद्वारा आयोजित बि वाई सि सि कप को उपाधि ग्लोबल बिजनेस कलेजले जितेको छ । नारायणी रंगशालामा जारी इन्टर कलेज प्लस टु टि–ट्वान्टी नक आउट क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको फाइनल खेलमा बि आई टि इन्जिनियरिंग कलेजलाई ७२ रनले पराजित गर्दै ग्लोबल बिजनेस कलेजले उपाधी हात पारेको हो । टस जितेर ब्याटिंग गरेको ग्लोबल कलेजले २० ओभरमा २०१ रन जोड्न सफल भएको थियो भने जवाफमा २०२ रनको लक्ष्य पाएको बि आई टी कलेज सबै बिकेट गुमाएर १२९ रनमै आउट भएपछि ग्लोबल कलेज बिजयी हुन पुगेको हो ।

सो प्रतियोगितामा ग्लोबल कलेजका साहिल पटेल म्यान अफ दी म्याच घोषित भएका थिए । प्रतियोगिताका संयोजक रमितराजा अन्सारीको सभापतित्वमा भएको समापन समारोहमा आर्या एजुकेशनका उमेश पण्डित, डेसिमल कलेजका सन्नी दुबे, मुनलाईट माविका प्रबन्ध निर्देशक सुलभ केसि, नेपाल भोजपुरी समाजका अजमत अलि, गायक एस एस सोनु, ग्लोबल कलेजका श्रीराम दास, ओम श्रेष्ठ, पत्रकार महासंघ प्रदेश न. २ का सदस्य जगत राई, सञ्चाकर्मीद्वय उज्जवल शर्मा, सुर्य नारायण बि क लगायतलाई दोसल्ला तथा मायाको चिनो सहित सम्मान गरिएको थियो । मंसिर २२ गतेदेखी शुरु भएको प्रतियोगिताका बिजयी खेलाडीलाई अतिथिहरुले शिल्ड, मेडल र प्रमाणपत्र बितरण गरेका थिए । ११ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगिताको समापन समारोहको सहजिकरण असलम अन्सारीले गर्नुभएको थियो ।