बाल तथा किशोरी मैक्री समाज निर्माणको लागि अन्तरत्रिया कार्यक्रमको आयोजना

21

संतोष रन्जितकार
वीरगंज, ३० मंसिर ।
बाल तथा किशोरी मैक्री समाज निर्माणको लागि सोमबार अन्तरत्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
वीरगंज महानगरफालिकाको वडा नं. २९ मुसैलीमा आयोजित सो अन्तरक्रिया कार्यक्रम स्थानिय निकायसंग गरिएको हो । किशोरी सशत्तिकरणका लागि संवाद कार्यक्रम अन्तर्गत नेपाल ग्रामीण पुनर्निमाण संस्था (आर.आर.एन)को आयोजनामा वडा नं. २९ को कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष धर्मेन्द्र प्रसाद महतो थारुले वडालाई पूर्ण बाल तथा किशोरी मैत्री बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो वर्षमा बाल तथा किशोरीका लागि छुटियाईएको बजेटमा बाल तथा किशोरीलाई समावेश नगरेको भएता पनि अगामी बजेट विनोयोजनको अवस्थामा बालबालिका तथा किशोरी सहभागी गराई बजेट विनोयोजन गरीने उनले जानकारी दिए । उनले कार्यक्रमले सो क्षेत्रमा बस्दै आएका किशोरीहरु आत्मनिर्भर तथा शिक्षा तर्फ अकर्षण बढ्ने भएको हुंदा समय–समयमा यस्तो कार्यक्रमहरु गरिरहने बताए ।
त्यसैगरी सो वडामा रहेको स्वास्थ्य चौकीका प्रमुख इन्द्रा क्षेत्रीले चिसो समयमा बाल तथा किशोरीहरुमा देखिने स्वास्थ्य समस्या बारे कसरी सुरक्षीत रहने विषयमा प्रकाश परेकी थिइन् ।
यूरोपीएन युनिएनको सहयोग र चाईल्ड नेपालको सहकार्यमा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत भएको कार्यक्रममा स्वागत मन्तव्य इन्दु गुप्ताले गरेकी थिइन भने कार्यक्रम बारे प्रस्तुती प्रकाश पाण्डेले गरेका थिए । किशोरी सशक्तिकरणका लागि संवाद वडा २९ की संयोजक छठी कुमारी मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा १८ जनाको सहभागीता रहेको थियो ।