लागुऔषध गाँजा सहित ५ पक्राउ

18

संतोष रन्जितकार
वीरगंज, २९ मंसिर ।
नेपालबाट भारततर्फ लैंजादै गरेको लागु औषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका वडा नं.१८ निवासी वर्ष २० को फुलमहृमद मियाँ, बर्ष २० को नौसाद हुसेन, पर्साको सखुवा प्रसौनी गापा वडा नं. १ मधुवन मथुवल निवासी बर्ष १९ का एजाजुल देवान, बर्ष १९ को अली हुसेन देवान र बर्ष २१ को ईजाजुल मियालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार दिउसो ४ बजेको समयमा शरीरमा लुकाई छिपाई लैंजादै गरेको ७ किलो गाँजा सहित पाँचै जनालाई पक्राउ गरिएको हो ।
बीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वा स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा पाँचै जनाको साथबाट लागु औषध फेलापारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।