वीरगंज महानगरको तत्कालीन र दिगो पूर्वाधार विकासको योजना तर्जुमा

18

संतोष रन्जितकार
वीरगंज, २९ मंसिर ।
वीरगंज महानगपाललिकाको पूर्वाधार विकासका लागि योजना तर्जुमा थालिएको छ । प्रदेश नं.२ मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाको पाँच वर्ष भित्र गरिने पूर्वाधार विकासका लागि योजना तर्जुमा थालिएको हो ।
महानगरपालिकाले आइतबार वीरगन्जमा दुई दिने आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठीको आयोजना गरी विकास निर्माण सम्बन्धि योजना तर्जुमा थालेको हो ।
वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सुरु भएको कार्यशाला कार्यक्रमको उद्देश्यबारे महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले जानकारी गराउनु भएको थियो ।
गोष्ठी वीरगन्ज महानगरपालिकाका वडाअध्यक्ष, वडासदस्य, कर्मचारी तथा नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको गोष्ठीबाट सुशासन व्यवस्था, आर्थिक तथा समाजिक विकास, भौतिक पूर्वाधार एवम् वन तथा वातावरणीय संरक्षण लगायतका विषयमा छलफल भएको महानरपालिका प्रमुख प्रसाशकिय अधिकृत उमेश बस्नेतले जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षक डा. जगदिश चन्द्र पोखरेल, डा .शेषरमण न्यौपाने, महेश अर्याल र सुरेन्द्र वाग्लेले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको प्रमुख प्रशासकिय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागि रहेका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई महानगरपालिकाको आवश्यक्ता, आय आर्जनका क्षेत्रको पहिचान, तत्कालीन र दिगो पूर्वाधार विकासका बारेमा गोष्ठीमा समुहगत छलफल गरी योजनाहरुलाई तर्जुमा गर्ने गोष्ठीका सहभागीहरुले बताए । गोष्ठी मंसिर ३० गते सम्म संचालन हुनेछ ।