निःशुल्क चिया बिस्कुट वितरण

42

संतोष रन्जितकार
वीरगंज, ४ पुस ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक फ्रहरीले आदर्शनगर चैँकमा बिहिबार निःशुल्क चिया बिस्कुट वितरण कार्यक्रमको आयोजना गरेको छ । सो कार्यत्रम ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि आदर्शनगर प्रहरी चौकीका प्रहरी नायब निरिक्षक सुर्यनारायण चैँधरीले चिया पिएर कार्यक्रको शुभारम्भ गर्नुभएको थियो । तराईमा चिसो बढेलगत्तै बटुवाहरुलाई केही तातोपन प्रदान होस् झनी ग्रीन सिटी सामुदायिकले निःशुल्क चिया वितरण कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यत्रममा ७०० कप भन्दा बढी चिया बितरण गरिएको र यस्तै चिसोको अवस्था रहेमा सो चिया वितरण कार्यक्रमलाई निरन्तरता दिइरहने ग्रीन सिटीका अध्यक्ष् ँखेतानले जानकारी गराउनु भएको थियो ।