नेकपा निकट प्रेस संगठन पर्साको घोषणा सभा सम्पन्न

22

संतोष रन्जितकार
वीरगंज, ३ पुस ।
नेकपा निकट प्रेस संगठन पर्साको घोषणा सभा बिहिबार नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा सम्पन्न भएको छ । तत्कालिन नेकपा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरको एकता पछि मिलेर बनेको प्रेस संगठन पर्साको घोषणा सभा सम्पन्न भएको हो ।
सो घोषणा सभामा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारहरुको हकहितको लागि काम गर्नुपर्ने धारणा राख्ने भन्दै, देश बिकाश र सरकारको कमी कमजोरीको बारे पनि स्वतन्त्रपूर्वक कलम चलाउन आग्रह र संगठनमा लागेका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न बिभिन्न किसिमको तालिम गोष्ठीको समेत आयोजना गर्न पनि आग्रह गरेका थिए ।
कार्यक्रममा पत्रकार कन्हैया गुप्ता, हेमन्त तमा·, अकलेश साह, पुनम चौधरीले प्रेस संगठनमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई कार्यक्रमका अतिथीहरुले फुलको माला र अबिरको टिका लगाई संगठन भित्र स्वागत गरेका थिए । संगठनका पर्सा संयोजक निरज पिठाकोठेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एंव वीरगंज महानगर ईन्चार्ज दिनेश राई, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, सचिव बिजय महतो, प्रेस संगठन प्रदेश २ का इन्चार्ज लालबाबु शेख, नेकपा वीरगंज महानगर अध्यक्ष रहबर अंसारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, प्रेस संगठन पर्साका सल्लाहकार समितीका अध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
संगठनका सह–संयोजक अनुफ तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संजिव मिश्राले गरेका थिए । कार्यत्रममा प्रेस संगठन पर्साका ३५ सदस्यीय कार्य समिति र सल्लाहकार समितिलाई समेत फुलको माला, खादा र अबिरको टिका लगाई कार्यक्रमका अतिथीहरुले बधाई तथा शुभकामना व्यक्त्त गरेका थिए ।