लागुऔषध चरेशसहित एक भारतीय पक्राउ

17

बारा, ३ पुस ।
बाराबाट प्रहरीले ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेशसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बसपार्क बाराबाट खटिएको प्रहरी टोलीले भारत बिहार मोतिहारी जिल्ला थाना कुन्दवा चैनपुर ग्राम कोरैया लौखान वडा नं. ८ बस्ने ४० वर्षीय गुलाबी प्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।
कलैया उपमहानगरपालिका वडा नं. ६ स्थित संदिप साहको होटलमा खाना खाईरहेको अवस्थामा कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पिँठ्युमा बोक्ने कालो रंगको झोला चेकजाँच गर्दा झोलाभित्र ९ वटा प्याकेटमा ८ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउ परेका कुशवाहामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।