सरोकार मंचद्वारा प्रजिअ बस्नेतको स्वागत

10

बीरगंज, ३ पुस ।
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले पर्साका नव अगान्तुक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको स्वागत गरेको छ । सरोकार मंच नेपालका नारायणी संयोजक नन्दकिशोर गोयलले फुलको माला तथा खादा ओढाउनुका साथै राष्ट्रिय झण्डाको प्रतिक दिएर स्वागत गर्नु भएको थियो । स्वागत गर्दै गोयलले पर्साको समसामयिक बिषयका बारेमा प्रमुख जिल्ला अधिकारी बस्नेतको ध्यानाकर्षण गराउनु भएको थियो ।
स्वागत गर्न पुगेका मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरई, नगर अध्यक्ष उपेन्द्र बरई, प्रेस संयोजक प्रणय कुमार, ज्ञानी प्रसाद कुर्मी, राजदेव राउत कुर्मी लगायतले प्रमुख जिल्ला अधिकारी बस्नेतलाई बिभिन्न कुराहरुमा ध्यानाकर्षण गराएका थिए ।