अवैध मदिरा सहित मोटरसाईकल बरामद

16

संतोष रन्जितकार
वीरगंज, ४ पुस ।
पर्सा प्रहरीले वीरगंज महानगरपालिका वडा नं. २४ स्थितबाट ७० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुर, पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दै जाने क्रममा मदिरा नियन्त्रणमा लिएको हो ।
साथै गैर कानूनी तवरले अवैध रुपमा भन्सार छली नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा निम्न परिमाणको मदिरा सहित बि.आर. ०५ एए ५७९९ भारतिय नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो । ब्लैक कोक २१ पिस, गोल्डेन ओके ७ पिस र कस्तुरी ५० पिस नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।