अवैध रुपमा भन्सार छली भारत तर्फ लगिरहेको अवस्थामा एक ट्रक मरिच पक्राउ

21

संतोष रन्जितकार
बीरगंज ५ पुस ।
प्रहरीले भारत तर्फ निकासी गरिरहेको अवस्थामा एक ट्रक मरिच पक्राउ गरेको छ । भंसार राजस्व छली भारत तर्फ लग्दै गरेको मरिच सहित प्रहरीले ना २ ख ९८०२ नम्बरको ट्रक पक्राउ गरेको हो ।
बीरगंजको वडा नं १६ इनर्वा हुदै अवैध रुपमा भंसार राजस्व छली गरी भारत तर्फ मरिच निकासी भइरहेको सूचनाको आधारमा चेक जाँच गर्दा १ सय २० बोरा मरिच पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
ट्रकका चालक सह चालक सबै फरार रहेका छन । ट्रक सहित मरिच आवश्यक कारवाहीकालागि बीरगंज भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।