कारागारका कैदी बन्दीलाई न्यानो कपडा वितरण

32

संतोष रन्जितकार
वीरगंज, ४ पुस ।
रिलिफ सोसाइटी अफ कमर्शले शुक्रबार बीरगंज कारागारमा रहेका कैदी बन्दीहरुलाई न्यानो कपडा बितरण गरेको छ । सोसाइटीले कारागारमा रहेको १४ सय कैदी बन्दी मध्ये अति गरिब परिवारका ७६१ जनालाई ट्रयाकसुट बितरण गरेको हो । सो अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेकपाका नेताहरु अच्युत मैनाली, प्रभु हजरा, बालगोपाल थापा, सन्तोष श्रेष्ठ, अरबिन्द सिंह, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक कुमार बैद्य, रिलिफका अध्यक्ष अशोक लाठ, पुर्ब अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उद्योगी ब्यापारी तथा ब्याबसायी, लायन्स र लियो क्लबका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । रिलिफले समता स्कुल तथा बाल सुधार गृहका ८७ जनालाई पनि लत्ता कपडा बितरण गरेको थियो ।