बढ्दै गएको चिसोलाई मध्यनजर गरी कम्बल वितरण

7

संतोष रन्जितकार
वीरगंज, ५ पुस ।
विगत केही दिन देखि तराई–मधेसमा बढ्दै गएको चिसो तथा शितलहरलाई मध्यनजर गरी सृजनशील युवाहरुको संस्था संस्कृतिले पर्साको दलित बस्तीमा कम्बल वितरण गरेको छ । पर्साको सखुवा पर्सौनी गाउँफालिका–५ स्थित महुवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी दलित समुदायमा कम्बल वितरण गरिएको हो ।
कार्यत्रममा बोल्दै सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले गरिब असहायहरुलाई सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनी यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । उनले युवाहरु अगाडी आएर नेतृत्व लिन थालेको देखेर खुशी समेत व्यक्त गर्दै आजको युवा पिढीले यसरी नै नेतृत्व लिएर समाजको लागी कार्य गर्न थाले समाजमा रहेको समस्याहरूको चाँडै नै अन्त्य भएर जाने तथा सामाजिक कार्यमा युवाहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
संस्थाका उपाध्यक्ष आँशु सर्राफले काठमाडौं स्थित कलोथिङ ब्याङ्ढ नेपालको सहयोमा संस्कृतिद्वारा महुवनको १ सय ५० परिवारलाई कम्बल वितरण गरिएको जानकारी दिए ।
यसैबीच संस्कृतिका वरिष्ठ सल्लाहकार तबरेज अहमदले युवाहरुको पहलमा भएको कार्यक्रमलाई सराहना गर्दै आजको हरेक युवालाई संस्कृतिबाट प्रेरणा लिनुपर्ने बताए । उनले सहयोगी संस्था कलोथिङ ब्याङ्ढ बाट आएका पदाधिकारीहरु लाई आगामी दिनमा पनी पर्साका अन्य गाउँ–ठाउँमा यसरी नै सहयोग गर्न अपिल समेत गरेका थिए ।
संस्कृतिकी अध्यक्ष शैली चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा संस्कृतिका सदस्यहरू हिमांशु बरनवाल, किरण गिरी, मनिषा शर्मा, कलोथिङ ब्याङ्ढका संयोजक श्रीराम गुरुङ, सिवानी प्रधान, आशिष घिमिरे, सखुवा पर्सौनी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रुपलाल कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी साहिब दरबार सेवा संस्थान, चैरीटेबल ट्रस्टको यंग विंग्सले पुस ४ गते शुक्रबार बीरगंजको सडक पेटीमा जीवनयापन गरीरहेका असमर्थ मानिसहरुलाई यस्तो कठिन चिसो रातमा केही सहजता प्रदान गर्नका लागि शुक्रबार राती १०ः०० बजे देखी १२ः३० सम्म नेपालको मुख्य प्रवेशद्वार शंकराचार्य गेट हुंदै नगवा, बसपार्क, लिंकरोड, घण्टाघर, मुर्ली चौंक, पावर हाउस, रानीघाट, पानीटंकी, रेल्वेरोड लगायतका सडक पेटीमा जीवनयापन गरिरहेका असहाय मानिसहरुलाई कम्बल ओढाई सहयोग गरेका थिए । कम्बल वितरण कार्यक्रममा यंग विंग्स ९थ्यगलन ध्ष्लनक० का अयुब मियाँ, रूपेश मान सिंह, लियाकत अली, राजकुमार सर्राफ, अफरोज आलम, जाकिर अली र महासचिव उमेशलाल सहनी लगायतको उपस्थिती रहेको थियो ।