मोटरसाईकल चोर औजार सहित पक्राउ

8

संतोष रन्जितकार
वीरगंज, ५ पुस ।
बीरगंज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट मोटर साइकल चोरी गर्ने चोरहरु पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले मोटरसाईकलको लक तोड्ने मास्टर साँचो तथा अरु विभिन्न अैँजारहरुसहित चोरहरुलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकमा चेकजाँच गर्ने क्रममा जिल्ला बारा कोल्बी नगरपालिका ६ सखुवाहा बस्ने हिरामन चौधरीको छोरा बर्ष २३ को देवराज चौधरी, ५ मलहनिया बस्ने चौधरीको छोरा बर्ष १८ को आशा चौधरी, करहियामाई गाउँपालिका वडा नं. ५ ठोरिहाई बस्ने बिध्या चौधरीको छोरा बर्ष २० को राकेश चौधरी र दिलबन्दु चौधरीको छोरा बर्ष २० को दिपक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट मोटरसाईकल चोरीमा प्रयोग गरिने मास्टर साँचो १ थान र २ थान प्लक प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।