अत्याधिक चिसो बढेपछि १० दिन विद्यालय बन्द गर्ने वीरगंज महानगरपालिकाको निर्णय

15

संतोष रन्जितकार
वीरगंज, ७ पुस ।
वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले अत्याधिक चिसो बढेपछि १० दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिकाको शिक्षा महाशाखाको यही पौष ६ गते बसेको बैठकले गरेको निर्णय अनुसार चिसो मौसममा बालबालिकाहरुलाई स्वास्थ्यमा समेत समस्या आउने हुनाले बिदा दिइएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।
बर्षे बिदाबाट मिलान गर्ने र मौसम अनुकुल भएमा रद्द गर्ने गरी वीरगञ्ज महानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा यही पौष ९ गते देखी पौष १८ गतेसम्म बिदा दिइएको वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।