जाडोबाट बच्नको लागि दाउरा वितरण

14

मनोज साह
जितपुर, ७ पुस ।
अचानक एक हप्तादेखि बढेको जाडोबाट जोगिनको लागि सोमबार बारा जिल्लाको जितपुरको विभिन्न स्थानहरुमा दाउरा बितरण गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा १ पथलैयामा रहेको गढिमाई साझेदारी बन उपभोक्ता समितिले अफ्नो मतहातमा रहेको एरियामा दाउरा बितरण गरेको हो । जितपुरसिमरा उप–महानगरपालिकाका केही वडाहरुमा र प्रसौनी गाउँपािलका, फेटा गाउपालिका, परवानीपुर गाउँपालिका, बिश्पुर गाउपालिका लगायतका स्थानहरुमा दाउरा बितरण गरिएको छ ।
गढिमाई साझेदारी बन उपभोक्ता समितिले अफ्नो ट्रैक्टरबाट दाउरा विभिन्न स्थानहरुमा पुर्‍याएर धेरै सहयोग गरेको बन अध्यक्ष गणेश प्रसाद कलवारले बताउनु भएको थियो ।
सो वितरण कार्यक्रममा गढिमाई साझेदारी बन उपभोक्ता समितिका पदाधिकारीहरु वनका कर्मचारी र स्थानीयहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय बाराद्वारा डिभिजन वन कार्यालय सिमराको सहयोगमा बढदो शीतलहरलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, नापी शाखा कार्यालय, कलैया अस्पताल, अमृता अनाथालय र भरत चोक, देवकोटा चोक सहित विभिन्न ठाउँहरुमा दाउरा वितरण गरिएको छ ।