निःशुल्क रगत जाँच कार्यक्रम

6

संतोष रन्जितकार
वीरगंज ८ पुस ।
नेपाल बिधार्थी संघ पर्सा जिल्ला कार्यसमिति तथा ठाकुर राम क्याम्पस इकाई समितिको समन्वयमा मंगलबार निःशुल्क रगत जाँच कार्यक्रम सम्पन्न भएको छ । वीरगंजमा रहेको ठाकुरराम क्याम्पसको प्रांगणमा सो निःशुल्क रगत जाँच कार्यक्रमको आयोजना गरिएको हो ।
विभिन्न किसिमको रगतमा भएको गडबडी तथा जनताको मर्म बुझि केहि सहयोग होस् भनेर यो कार्यक्रमको आयोजना गरिएको ठाकुरराम क्याम्पस इकाई समितिले जनाएको छ ।
सो कार्यक्रम जिल्ला उप–सभापति शेष हजराको सहकार्यमा तथा इकाई समितिका अध्यक्ष मनोज कुमार साहको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेबि संघका चर्चित युवा नेता रोशन सिंह, देव प्रकाश पटेल, केशवराज मिश्रा, नेहा मिश्रा, जिल्ला कार्यसमितिका बिकाश तिवारी लगायतका दर्जनौ कार्यकर्ताको सहभागिता रहेको थियो ।