नेवा ः दे. दबु पर्साद्वारा नेवा भ्वय ११४० को आयोजना गरिने

41

संतोष रन्जितकार
वीरगंज, ७ पुस ।
नेवा ः दे. दबु पर्साले होटेल भिस्वामा यही पुस १२ गते नेवा भ्वय ११४० को आयोजना गर्न लागेको छ । सो कार्यक्रममा नेवार समुदायको भेषभुसा, भाषा, कला र संस्कृति जर्गेना गर्ने नेवारी संस्कृति झल्काउने लाखे नाच, कुमारी नाच, भैरव नाच जस्ता कार्यक्रमहरु गरिने छ । नेवाः दे.दबु पर्साको नेवार समुदायका विभिन्न स्थानमा रहेका मानिसहरुलाई एकिकृत गरी एकआपसमा खुसी साटासाट गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिरहेको नेवा ः दे.दबु पर्साका अध्यक्ष तारामान पतिले जानकारी दिनुभयो । ऊक्त कार्यत्रम नेवार समुदायको भएकोले कार्यक्रममा नेवारी खाजाको परिकारहरु माक्र रहने व्यवस्था गरिएको छ । सो कार्यत्रममा काठमाण्डौंबाट विभिन्न नेवार समुदायका कलाकारहरुले आ–आफ्नो प्रस्तुती समेत गर्ने नेवा ः दे.दबु पर्साका सदस्य रुपेश मानन्धरले जानकारी दिनुझएको थियो । कार्यक्रममा बाहिरबाट कुनै किसिमको चन्दा संकलन नगरिएको र नेवार समुदायको सहयोग तथा टिकट बित्री गरेर माक्र कार्यत्रम गरिने अध्यक्ष तारामानले जानकारी दिनुभएको थियो ।