वीरगंज पाठशालाद्वारा फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल प्रतियोगिता सम्पन्न

23

संतोष रन्जितकार
वीरगंज, ८ पुस ।
वीरगञ्ज पाठशालाले मंगलबार फेन्सी ड्रेस कम्पिटिशन तथा पाठशाला आइडल कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको त्रिमुर्ती चौकमा रहेको वीरगञ्ज पाठशालाको परिसरमा सम्पन्न प्रतियोगिताले विद्यार्थीहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकासमा सहयोग पुग्ने पाठशालाकी प्रिन्सिपल बिजया ओझैयाले बिश्वास व्यक्त गर्नुभएको हो ।
प्रतियोगितामा रोयल एकेडेमीका अध्यक्ष तथा निर्देशक ओमप्रकाश श्रेष्ठ र सञ्चारकर्मी तथा स्थानिय कलाकार सुर्य नारायण बिक ले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।
सो अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने फेन्सी ड्रेस प्रतियोगिता तथा पाठशाला आइडलमा बिजयी विद्यार्थीहरुलाई अतिथिहरुले पुरस्कार बितरण समेत गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै पाठशालाकी प्रिन्सिपल ओझैयाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउँदै कार्यक्रमलाई सफल बनाइदिएकोमा अतिथि, शिक्षक, शिक्षिका, अभिभावक एवम् सम्पुर्ण सहयोगी हातहरुलाई आभार व्यक्त गर्नुभयो ।
पाठशालाकी प्रिन्सिपल ओझैयाको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा पाठशालाका अध्यक्ष सन्दिप रौनियार, पाठशालाका सल्लाहकार एवम् ग्लोबल बिजनेश कलेजका निर्देशक तथा प्रिन्सिपल श्रीराम दास, बालअधिकारकर्मी ज्योति साह लगायत अभिभावक तथा स्थानियबासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।