स्टार युरो किड्सद्वारा निःशुल्क आँखा शिविरको आयोजना

5

संतोष रन्जितकार
बीरगंज ८ पुस ।
वीरगंजस्थित बिर्ताको गणेशमान चौकमा रहेको स्टार युरो किडस्को आयोजना तथा किरण आँखा अस्पतालको सहयोगमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सो शिविर स्टार युरो किडस्को परिसरमा मंगलबार सम्पन्न भएको हो ।
शिविरबाट विधालय लगायत स्थानीयहरुले आफ्नो आँखाको चेकजाँच गराई लाभ उठाएका थिए भने उक्त शिविरमा किरण आँखा अस्पतालका डा. अमर क्याल, कबिता पोख्रेल, रिद्दी कुशवाहा, अरुण कुश्वाहाको टोलीले २ सय २५ जना स्थानीय र १ सय ५ जना स्कुले बालबालिकाहरुको आँखाको चेकजाँच गरिएको थियो ।
स्टार युरो किड्सका निर्देशक सानू राणाले प्रमुख अतिथि र अतिथिहरुलाई खादा ओढाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो ।
स्टार युरो किड्सका निर्देशक सानू राणाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्ट अफ लिभि· बीरगंजका संयोजक सुधा कार्की, नबिल बैंकका प्रदेश २ का रिजनल मैनेजर कृष्ण थापा, बरिष्ठ समाजसेवी मनोज कुमार अग्रवाल, समाजसेवी राजेश ज· राणा, बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ, नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका सचिव लालबाबू सिंह, मुनलाइट माविका निर्देशक मनिषा मानन्धर, बिमनपा वडा नं. ५ का सदस्य सुरज कुर्मी र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका सहजीकरण शिक्षिका सिद्दिका कार्कीले गर्नु भएको थियो ।