इमान्दार कार्यकर्ताहरुको पनि दिन आउँछ ः कांग्रेस नेतृ यादव

14

वीरगंज, ९ पुस ।
पार्टीमा काम गरेको इमान्दार व्यक्तिहरुलाई दुःख अवश्य हुन्छ तर उनीहरुको पनि दिन आउँछ त्यसकारण पार्टीमा लागेका इमान्दार कार्यकर्ताहरुलाई विचलीत हुन जरुरी नभएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य चित्रलेखा यादवले बताउनु भयो । स्वतन्त्रता सेनानी रामसुरत महतोको तेह्रौ दिनको पुण्यतिथीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै नेतृ यादवले स्व. रामसुरत महतो जस्तो स्वतन्त्रता सेनानीहरुको त्याग तपस्याको कारणले नै मुलुक आज लोकतन्त्र स्थापना भएको भन्दै पार्टीले अग्रजहरुको सम्मान गर्नुपर्छ भन्नु भयो ।
बगही वडा नं. २८ का बुथ सभापति सरजुग महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य अजय चौरसियाले मधेशवादी दलहरुले मधेशीलाई ठगेको आरोप लगाउंदै सत्तासुख नै मधेशी नेताहरुको एक मात्र लक्ष्य भएको बताउनु भयो ।
सो श्रद्धाञ्जली सभामा सुरेन्द्र प्रसाद चौधरी, नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी, विरेन्द्र लाल नेपाली, प्रदेश सभासद राजेश्वर साह तेली, जिल्ला सचिव श्याम पटेल, बहुदरामाईका मेयर नितेन्द्र साह, दिलिप बराल, राजेश तिवारी लगायतले बोल्नु भएको थियो ।