ग्रीनसिटी र वुमेन्स क्रिएसनको सहयोगमा कम्बल वितरण

32

संतोष रन्जितकार
वीरगंज, ९ पुस ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरको आयोजनामा तथा वुमेन्स क्रिऐसनको सहयोगमा न्यानो कपडा तथा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ । वुमेन्स क्रिएसनका प्रतिनिधि संगिता लखोटियाले ५० थान कम्बल सहयोग गरेकी थिइन् भने बाकी न्यानो कपडा तथा कम्बलहरु वुमेन्स क्रिएसनले उपलब्ध गराएको थियो ।
सो कार्यक्रम ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि आदर्शनगर प्रहरी बिटका प्रहरी नायब निरिक्षक सुर्यनारायण चौधरी रहनु भएको थियो । बढ्दै गएको जाडोबाट बच्न केही सहयोगको रुपमा विपन्न बर्गका १०० जना दलितहरुलाई न्यानो कपडा तथा कम्बल वितरण गरिएको थियो ।
कार्यक्रममा वुमेन्स क्रिएसनका नुतन सरावगी, कविता खेतान, गुडु साह, अफसना खातुन, श्वेता पटवारी, मनिषा अग्रवाल, ग्रीन सिटीका प्रहरी मिना कुमारी बडाल, बिजय यादव, ग्रीन सिटीका पदाधिकारीहरु लगायत स्थानीय भद्रभलादमी र संचारकर्मीको उपस्थिती रहेको थियो ।
ऊक्त कार्यत्रममा ग्रीन सिटीका अध्यक्ष खेतानले यस्तो कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिइराख्ने बताउनु भएको थियो ।