मानव र वातावरण बीचको सम्बन्ध सन्तुलन भए मात्रै मानव जिवनले सार्थकता पाउने ः उपमेयर खातुन

115

संतोष रन्जितकार
वीरगंज, ९ पुस ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा बुधबार शान्ति र लैगिंक वातावरण सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले मानव र वातावरण बीचको सम्बन्ध सन्तुलन भए मात्रै मानव जिवनले सार्थकता पाउने बताइन ।
उप–प्रमुख खातुनले अझै पनि समाजमा लैंगिक हिंसा तथा बिभेदीकरण जस्ता कुरीतीहरु जिवितै रहेकोमा दुःखेसो पोख्दै यसको अन्त्यका लागि शिक्षामा सशक्तिकरण भएर लाग्नुपर्नेमा जोड दिइन ।
कार्यक्रमकी बिशिष्ट अतिथि पटेर्वासुगौली गाउँपालिकाकी उपप्रमुख ममता महतो थारुले बिभेद विरुद्धको अभियान सबैलै आ– आफ्नो घरबाट शुरु गर्नेपर्ने बताइन । घरमै छोरा र छोरी बिचको बिभेदको अन्तय नभएसम्म समाजमा बिभेद रही रहने बताउँदै महतोले छोरा वा छोरीको जन्म हुने बित्तिकै एउटा बिरुवा रोप्नुपर्ने धारणा राखिन ।
पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ५ का अध्यक्ष रुपलाल यादब, स्थानिय दलित अगुवा गणेश महरा, स्माइल फर मिलियन्सका अध्यक्ष दिपक कुमार, मनिषा धिताल, उदय खड्का, बालअधिकारकर्मी ज्योति साह, अशोक राम, ज्योति कलवार लगायतको सहभागिता रहेको थियो ।
दलित समुदायको बिकासका लागि पिस फर दलित फाउण्डेशन र यु आर आईको सहकार्यमा स्माइल फर मिलियन्स नामक संस्थाले सम्मेलनको आयोजना गरेको थियो ।