स्करपियो र ई–रिक्सा ठोक्किदा ई–रिक्सा चालक गम्भिर घाइते

26

सन्तोष रन्जितकार
वीरगंज, ९ पुस ।
वीरगंजको गण्डक सिप्रदी ट्रेनिंग नजिक स्करपियो र ई–रिक्सा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । बिहानको समयमा वीरगंजबाट जांदै गरेको ई–रिक्सालाई विपरित दिशाबाट आएको स्करपियो गाडीले ठक्कर दिंदा ई–रिक्साका चालक गम्भिर घाइते भएका हुन् भने ठक्कर दिने बा १८ च ८७६४ नम्बरको स्करपियोको चालक र गाडी दुवैलाई वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी ना २ ह १७०७ नम्बरको ई–रिक्सा चालक वीरगंज महानगरपालिका वडा नं. १४ पिपरा बस्ने वर्ष १८ को श्री प्रसाद पटेलको अहिले गण्डक स्थित बिरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको तथा दुर्घटना हुंदा ई–रिक्सामा कोही पनि सवारी नरहेको प्रहरीले जनाएको छ ।