प्रभु अस्पतालको लापरवाहीको कारण एक महिलाको मृत्यु

9

संतोष रन्जितकार
वीरगंज, १० पुस ।
वीरगंजमा रहेको प्रभु अस्पतालको लापरवाहीको कारणले प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएको छ । मृतक अमृताको घर बाराको कलैयामा रहेको तर हाल उनी माइतीघर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन भर्ना भएकी थिइन् तथा मंगलबार नै अस्पतालको डा. लक्ष्मी थापाले उनको अप्रेसन गरी बच्चा जन्माएकी र डा. थापाकै निगरानीमा उनको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् । यसैबीच बुधबार उनको अचानक पिसाब रोकिएको तथा धडकन नचलेको कारणले निज अमृतालाई अस्पतालले भेन्टिलेटरमा समेत राखेको थियो । भेन्टिलेटरमा राखेपनि निज अमृतको बुधबार अस्पतालमै मृत्यु भएको उनका आफन्तजनले जनाएका छन् । अस्पतालको लापरवाहीको कारणले यस्तो घटना हुन गएको आरोप अमृताको आफन्तजनको रहेको छ ।
अस्पतालले सो दिन ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो भने एक जनाको अवस्था चिन्ताजनक भएपछि उसका आफन्तजनले रेफर गराई उपचारका लागि भरतपुर लगेका थिए ।