बढ्दै गएको चिसोलाई मध्यनजर गरी कम्बल बितरण

0

मनोज साह
जितपुर, १० पुस ।
राईजिङ युवा क्लब जितपुरले चिसोबाट बच्नको लागि कम्बल, कपडा र चाउचाउ बितरण गरेको छ । बारा जिल्लाको जितपुर–सिमरा उप–महानगरपालिका स्थित जितपुरका युवाहरुले गरिब दलित असहायहरुलाई कम्बल, चाउचाउ र न्यानो कपडा बितरण गरेका हुन् । जितपुरका विभिन्न ठाउँमा रहेका करिब ५० जना गरिब दलित असहायहरुलाई कम्बल, न्यानो कपडा र चाउचाउ खानेकुरा बितरण गरेको राईजिङ युवा क्लब जितपुरका अध्यक्ष हरि गुप्ताले जानकारी दिए ।
सो वितरण कार्यक्रममा क्लबका पुर्व अध्यक्ष सुरेश चौधरी लगायत क्लबका सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
त्यसैगरी बीरगंजमा पनि बढ्दै गएको शीतलहर तथा चिसोलाई मध्यनजर गरी वीरगंज महानगरपालिका वडा न.३ का वडाअध्यक्ष बैजुलाल स्वर्णकारले स्थानीय वडाका दलित, एकल महिला तथा असहाय वृद्ध–वृद्धाहरुलाई वडा फरिसरमा एक कार्यक्रमको आयोजना गरी १०० थान कम्बल बितरण गरेका छन् । बितरण कार्यत्रममा वडा सदस्य संगीता दास र ब्रकुतिन नेशा लगायत स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।