प्रभु अस्पतालकी डा. थापाको लापरवाहीको कारण नै दुई महिलाको मृत्यु

13

संतोष रन्जितकार
वीरगंज, ११ पुस ।
वीरगंज स्थित रहेको प्रभु अस्पतालको लापरवाहीले प्रसुती गराउन आएकी दुई महिलाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती पंचरौता निवासी वर्ष २५ की सुनिता देबी र कलैया निवासी अमृता श्रेष्ठको मृत्यु भएको हो ।
माइती घर वीरगंज महानगरपालिका वडा नं. ३ भगवती टोलमा बस्दै आएकी वर्ष ३० की अमृता श्रेष्ठ मंगलबारका दिन प्रभु अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन अस्पतालकी डा. लक्ष्मी थापाले अमृता र सुनिताको अप्रेसन गरी बच्चा जन्माएकी र डा. थापाकै निगरानीमा उनीहरुको सबै चेकजाँच भएको आफन्तजनले जनाएका छन् ।
प्रभु अस्पतालमा सो दिन अमृता, सुनिता र अझै १ जना गरी ३ जनाको अप्रेसन गरी बच्चा जन्माएको थियो ।

मृतक सुनिता देबी

प्रसुती गर्ने बेला नै डाक्टरहरुको लापरवाहीको कारण नै सुनिताको पनि बच्चा जन्मिएपछि सुनिताको अवस्था बिग्रन गएको थियो भने सुत्केरी सुनिताको बिग्रदै गएको अवस्था हेरेर तथा अस्पतालको गैरजिम्मेवारीपनको कारण उसका घरपरिवारले रेफर गराई उसलाई भरतपुर अस्पतालमा लगेका थिए तर भरतपुर लगेपनि भरतपुर अस्पतालका डाक्टरहरुले प्रसुती गर्नेबेला नै प्रभु अस्पतालका डाक्टरहरुले लापरवाही गरेकोले उनको अवस्था गम्भिर हुन पुगेको र मृत्यु समेत भएको बताएका थिए ।
निज सुनिताको पनि अमृता सरह नै पिसाबको समस्या तथा धडकनको रोकिएर बिहिवार राती मृत्यु भएको उनको आफन्त साहेब ठाकुरले बताए । ओमप्रकाश ठाकुरकी श्रीमती सुनिताको अस्पतालकी डा. थापाको लापरवाहीले मृत्यु भएको ओमप्रकाशका दाई साहेबले जानकारी गराए ।
अस्पतालकी डा. थापाले घटना बारे ढाकछोप गर्दै मृत्युको कारण बारे अनुसन्धान भईरहेको तथा सो घटनाको छानबिन गर्न मेडिकल काउन्सिललाई पत्राचार समेत जानकारी गराइन् ।